महासंघमा महाभिडन्त ढकाल कि प्रधान ?

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिँदै गर्दा महासंघका विभिन्न पदमा उमेदवारहरुले निर्वाचनका लागि उमेदवारी दर्ता समेत गरिसकेका छन् ।
महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिसकेका छन् । उपाध्यक्षद्वय ढकाल र प्रधानले आ–आफ्नो तर्फबाट तयारी गरिसकेका छन् । यी दुवै उमेदवारले आफ्ना एजेन्डासहित आफ्नो प्रसारप्रचारलाई पनि तीव्र बनाएका छन् ।

bhukampa

महासंघसँग जोडिएका देशभरका सबै उद्योगी व्यवसायी पनि भावी नेतृत्व छनोट गर्न सक्रियताका साथ लागिरहेका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको चुनाव पनि वरिष्ठ उपाध्यक्ष पदमा बढी केन्द्रित हुने गर्छ । महासंघमा हुने यस पदको निर्वाचन पनि हेर्न लायकको हुने गर्छ । ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले उमेदवारी दिएका छन् ।
ढकालको पहुँच उद्योग व्यवसायीको तल्लोदेखि माथिल्लो स्तरसम्म छ । त्यसैले ढकाल सबै व्यवसायीका समस्या बुझेर महासंघको नेतृत्व गर्न सक्छु भन्नेमा विश्वस्त छन् । हुन त पूर्व अध्यक्ष चण्ढीराज ढकालबाहेक अरु कसैको पनि उनलाई साथ छैन । स्रोतका अनुसार अन्तिम समयमा प्रधान पछि हट्ने र ढकाल पक्षमा सहमति जुट्ने समेत बताइएको छ । ढकाललाई एक्ल्याएर प्रधानलाई साथ दिएका पूर्वअध्यक्षहरुले समेत अन्तिम समयमा ढकाललाई नै समर्थन गर्ने स्रोतको दाबी छ । अहिले ढकाल देश दौडाहामा छन् ।
ढकालले ‘समृद्धिको आधार राज्य, निजी क्षेत्र साझेदार’ भन्ने नारालाई आफ्नो उमेदवारीको प्रमुख एजेन्डा बनाएका छन् । उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बनाउने प्रतिवद्धता समेत उनले गरेका छन् । उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रमा अनवरत काम गरिसकेका छन् ।
५० वर्षभन्दा लामो इतिहास बोकेको महासंघको गरिमा बढाउनका लागि मन, बचन र कर्मले लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले महासंघलाई सबै प्रकार र स्तरका उद्यमी व्यवसायीको साझा चौतारी बनाउने संकल्प यसअघि नै गरिसकेका छन् । आर्थिक हिसावले प्रधान भन्दा ढकाल बलिया व्यक्ति हुन् । त्यसैले पनि ढकालको जीत निश्चित भएको बताइन्छ । ढकाल नेपालको सबैभन्दा ठूलो व्यवसायीक संजाल जोड्न सफल भएका व्यक्ति हुन् ।
करिब दुई दशक अघि आइएमइ स्थापना गरेर व्यवसाय सुरु गरेका ढकाल मुलुककै सफल र स्थापित उद्यमी मानिन्छन् । ढकालको व्यवसायिक यात्रा आइएमइबाट सुरु भएर बैंक, वित्तीय संस्था, बीमा, केवुलकार, जलविद्युत तथा सेवा क्षेत्रसम्म विस्तार भएको छ । ढकालले महामारीले संकटमा परेका साना तथा मझौला व्यवसाय बचाउन महासंघको नेतृत्व सक्षम हुनुपर्ने र यस्ता व्यवसाय बचाउन आफ्नो समुह सक्षम रहेकाले व्यवसायीक क्षेत्रलाई चलायमान बनाएर देशको अर्थतन्त्रलाई माथि उकास्न सहयोगी भूमिका खेल्ने समेत बताएका छन् । यस आधारमा पनि महासंघको निर्वाचनमा ढकालले बाजी मार्ने बताइन्छ । यस आधारमा हेर्ने हो भने ढकालले महासंघको वरिष्ठ उपाध्यक्षको पदमा बाजी मार्ने पक्का छ । ढकालले आफू पनि सहमतिको पक्षमा रहेको र प्रयास गरिरहेको बताए ।
त्यसैगरी, प्रधान समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उमेदवारी दिएका छन् । किशोर प्रधानको प्यानललाई पूर्वअध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र शेखर गोल्छाले समेत बलियो साथ दिएका छन् ।
प्रधान २०र२५ वर्षदेखि महासंघमा आवद्ध रहेका छन् । उनलाई वस्तुगत तथा जिल्लारनगरका तर्फबाट पनि सहयोग र समर्थन छ भने वर्तमान अध्यक्षसहित पूर्वअध्यक्षहरुको टिमले पनि प्रधानलाई सहयोग गर्दैछ । वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पूर्व अध्यक्षहरुको पूर्ण साथ रहेकाले प्रधान पनि उस्तै बलिया छन् , महासंघको निर्वाचनका लागि । सहयोग र समर्थनका आधारमा हेर्ने हो भने प्रधानले वरिष्ठ उपाध्यक्षमा बाजी मार्ने देखिन्छ । महासंघमा हुने गरेको चरम राजनीतिकरणको अन्त्य र महासंघको शाख जोगाउन आफूले उमेदवारी दिएको उपाध्यक्ष प्रधानले बताउँदै आएका छन् ।
अध्यक्ष तथा पूर्वअध्यक्षहरु सहमति जुटाउन व्यस्त
कोरोना भाइरसको संक्रमणका कारण महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ र १२ गते तथा कार्यकारिणी समितिको निर्वाचन १३ गते हुने भएको छ । कोरोनाका कारण पटक पटक सरेका कारण महासंघका पदाधिकारीहरुले पनि सकेसम्म सहमतिमा उमेदवार चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तो संक्रमणको समयमा चुनाव गर्दा झन संक्रमण बढ्ने भन्दै सहमति गर्दा राम्रो हुने भएकाले सहमतिको प्रयास गरिरहेको महासंघ पदाधिकारीहरुको निष्कर्ष छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफू चुनावको विपक्षमा नरहेको भन्दै उपाध्यक्षद्वय ढकाल र प्रधानविच छलफल गरी सहमतिका लागि प्रयास गरेको बताए । कोरोना भाइरसका कारण अर्थतन्त्र अस्तव्यस्त छ ।
‘यस्तो संकटको घडीमा नीजि क्षेत्रको एउटै आवाज हुन सक्यो भने अर्थतन्त्रका लागि राम्रो हुन सक्छ, त्यो आधारमा मैले प्रयास गरेको हुँ ।’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने । सहमतिका लागि उनले पूर्वअध्यक्षहरुलाई पनि आग्रह गरेका छन् । पूर्वअध्यक्षहरुले उपाध्यक्षद्वय ढकाल र प्रधानविच मिलन बिन्दु खोज्ने प्रयास गर्नेछन् । सहमतिबाट जो कोही वरिष्ठ उपाध्यक्षमा आए पनि आफूलाई कुनै आपत्ति नरहने वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए ।
त्यस्तै, महासंघका अध्यक्ष भवानी राणाले प्रधान र ढकाललाई राखेर सहमतिको प्रयास गरिरहेकी छिन् । त्यस्तै, पूर्वअध्यक्षहरु सबै सहमतिका लागि छलफल गरिरहेका छन् । ढकाल अहिले देश दौडाहामा छन् ।

Shaileshwori
Loading...