काभ्रेमा जग्गा विवाद : एकको मृत्यु, एक गम्भीर

काभ्रे जिल्लामा एक जनाको हत्या भएको छ । जिल्लाको रोशी गाउँपालिका–११ स्थित भैँसेडाँडामा बन्चरो र ढुंगा प्रहारबाट २६ वर्षीय सुब्बा विसुन्खेको मृत्यु भएको छ । जग्गाको विषयमा भएको विवादको क्रममा सोही वडाका सन्तोष नेपालीले घरेलु हतियार बञ्चरो र ढुंगा प्रहार गर्दा विसुन्खेको घट्नास्थलमै मृत्यु भएको हो ।

bhukampa

त्यस्तै, हत्याका आरोपी नेपालीका ५५ वर्षीय बुबा खड्गबहादुर नेपाली गम्भीर घाइते भएको छ । विवादमा गम्भीर घाइते भएका खड्ग बहादुरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित ह्याम्स अस्पताल लागिएकोमा त्यहाँबाट रेफर गरी न्युरो अस्तपाल र्पुयाएको छ । घाइतेको टाउको, मुख लगायतको ठाउँमा गम्भीर चोट लागेका छन् ।

सुब्बाको हत्याको आरोपी सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

Shaileshwori
Loading...