बा आमाले संस्कार सिकाएको छोरो हुँ ।

मुक्तक

१.मुक्तक
हुनेखाने लाई पो चाँडवाड आएको छ ।
अनि मनमा खुशी र ऊमङ्ग छाएको छ ।
साँझ बिहान छाक टार्न मुस्किल हुदा ।।।।
गरिब परिवारलाई नरमाइलो लाएको छ ।।।
२.मुक्तक

आजकल मन छिलबिल भएको छ
सिमलको भुवासरी दिल भएको छ
दिनको भोक रातिको निन्द्रा हरायो
यो जुनी काट्न मुस्किल भएको छ

३.मुक्तक
मन र रूप मिल्यो माया लायँँौ है
कहिले नछुट्ने कसम नि खायँौ है
अलिअलि टाढिँदै गए जस्तो लाग्छ
कि त म भन्दा नि असल पायँौ है
४. मुक्तक

Sayalb

विदेश गैई कति दुस्ख खान्छौ भनेर ।
गाऊमै बस किन टाढा जान्छौ भनेर ।।
एक छाक खान र एक टालो लाए पुग्छ ।।।
भन्छन मर्दा आँखिर केनै लान्छौ भनेर ।।।

५.मुक्तक
बा आमाले संस्कार सिकाएको छोरो हुँ ।
धनले होइन मनले बिकाएको छोरो हु ।।
आफ्नो स्वार्थ पुरा गरेर बिर्सिने बानि छैन ।।
जुगौँ जुग सम्म सम्बन्ध टिकाएको छोरो

 

रोहित चन्द्र बिष्ट
दिपायल सिलगढी नगरपालिका ७ रातोली, डोटी
हालः भारत

Shaileshwori
Loading...