सोमबार दुई हजार ५७१ जनामा कोरोना पुष्टि, एक हजार ७९८ जना कोरोना मुक्त

थप १८ जना कोरोना संक्रमितको मृत्यु

सोमबार देशभर थप दुई हजार पाँच सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड-१९ प्रयोगशालामा ११ हजार एक सय ७७ नमुनाहरुको परिक्षण गरिएकोमा दुई हजार पाँच सय ७१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार एक सय ७४ छ ।

Sagan sahari bhawan nirman aayojana

आज देशभरका एक हजार सात सय ९८ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ । मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप १८ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार एक सय २६ पुगेको छ ।

Shaileshwori
Loading...