डडेल्धुरामा चितुवाको आक्रमण, बैतडीकी किशोेरीको ज्यान गयो

डोटी: डडेल्धुरामा चितुवाको आक्रमणबाट एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

घाँस काट्न भनि सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएर अनुसन्धान गरिरहेको छ ।
