भारतमा पाँच हजार रुपैयाँका लागि मजदूरलाई ज्यूँदै जलाइयो

एजेन्सी / भारतको मध्य प्रदेशस्थित गुना जिल्लामा एक मजदूरलाई पाँच हजार रुपैयाँ नतिरेको भन्दै मट्टितेल खन्याएर ज्यूँदै जलाइएको छ।

मानव अधिकारवादीहरुले यो घटनालाई बँधुवा मजदूरीको मामिला भएको बताएका छन्। तर मध्य प्रदेश सरकारले भने उधारो नतिरेकाले यस्तो भएको तर्क गरेको छ।

मजदूरलाई ज्यूँदै जलाएपछि यो घटना त्यहाँको राजनीतिक कोपभाजनमा परेको छ। मुख्यमन्त्री एवम् कांग्रेस नेता शिवराज सिंह चौहानले यस विभत्स हत्यालाई मृत्यु बताएपछि प्रतिपक्षीहरु उनीमाथि खनिएका छन्।

Sagan sahari bhawan nirman aayojana

शुक्रबार राति गुना जिल्लाको बमोरी तहसिलको छोटी उखाडवाद खुर्दमा यो घटना भएको थियो। बँधुवा मुक्ति मोर्चा, गना जिल्लाका संयोजक नरेन्द्र भदौरियाले २६ वर्षका विजय सहारिया पछिल्लो तीन वर्षयता राधेश्याम लोधाको खेतमा बँधुवा मजदूर रहेको बताएका छन्।

विजयलाई लागतार काममा लदाइएको र सो रात उनले राधेश्यामसँग मजदूरी गरेर उनको पैसा तिरिदिने बताएपछि मट्टितेल खन्याएर ज्यूँदै जलाइएको मोर्चाले जनाएको छ।

हत्यामा संलग्न राधेश्यामलाई प्रहरीले गिरफ्तार गरेको छ।

Shaileshwori
Loading...