वडा सचिब बुढाथोकीको भब्य बिदाई


डोटी : पुर्विचौकी गाउँपालिका वडा नं. ५ गाँजरीका वडा सचिब नरेश सिं बुढाथोकी बिदाई हुँदा वडा बासीले भब्य बिदाई गरेका छन । स्थानीयलाई प्राय कर्मचारी आए र गएको पत्तै हुँदैन तर वडा सचिब बुढाथोकी बिदाईमा भने स्थानीयको ब्यापक सहभागीताका बिच बिदाई गरिएको छ ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नं. २ राफ्ला घर भएका बुढाथोकी सेवा प्रबेश गरेपछी साबिकको गाँजरी गाबिसमा गाबिस सचिबको रुपमा २०७२ साल माघ ३ गते हाँजिर भएका थिए ।
पाँच बर्षको बसाई पछी काठमाण्डौ हुलाकमा सरुवा भएका बुढाथोकी काम प्रति ईमान्दार र सेवाग्राहीलाई सधैँ सन्तुष्ट राख्ने भएका कारण जनप्रनिधि र स्थानीयको मायाँ प्राप्त गरेको वडा अध्यक्ष देबहादुर थापाले बताए । राम्रो काम गर्ने कर्मचारीलाई जनताले माया र सम्मान गर्ने कुरा गाँजरीबासीले प्रमाणित गरेका छन ।
