अधिकारकर्मी भण्डारी सम्मानित 

लक्ष्मी खड्का  / कार्तिक २५
डोटी :   बाल बिवाह न्यूनिकरण तथा महिला अधिकार संरक्षणमा महत्वपुर्ण भूमिका निवार्ह गरेको भन्दै अधिकारकर्मी रमा भण्डारीलाई दिपायल सिलगढी नगरपालिकाले सम्मान गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाको आयोजनामा नगरपालिकाको वडा नं. ५ को कार्यालयमा आयोजना गरिएको बाल संरक्षण तथा लैंगिकतामा आधारित हिंसा निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अधिकारकर्मी भण्डारीलाई सम्मान गरिएको हो ।
Sayalb
सम बिकास केन्द्र (ईडिसी)मा महिला अधिकार परिचालकको रुपमा कार्यरत भण्डारी बिगत लामो समय देखी समाजमा हुने बाल बिवाह रोक्ने तथा जनचेतना फैलाउने र लैंगिक हिंसा तथा घरेलु हिंसामा परेका महिलालाई सहयोग गर्दै आएकी थिईन ।
सम्मान पाउने अपेक्षाका साथ समाजिक कार्यमा  नलागेको भएपनी आफ्नो कार्यको नगरपालिकाले सम्मान गर्दा काममा थप जिम्मेवार  भएर लाग्न प्रेरित गरेको  अधिकारकर्मी भण्डारीले बताईन ।
Shaileshwori
Loading...