कपल्लेकीमा तिन दर्जन युवा नेकपामा प्रबेश

प्रकाश जोशी / कार्तिक २६
डोटी: डोटीको शिखर नगरपालिका वडा नं. १ कपल्लेकीमा तिन दर्जन युवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन । वडा नं १ कपल्लेकिको वडा सङ्ग्ठन कमिटिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ३८ जना युवाले बिभिन्न पार्टी परित्याग गरेर नेकपामा प्रबेश गरेका हुन ।
नेकपा वडा कमिटी अध्यक्ष नर बहादुर ऐरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष चक्र मल्ल प्रमुख अथिती, पार्टी सचिव जङ्ग बिक सैलेन्द्र विशिष्ट अथिती र जिल्लाका सचिवालय सदस्य जिल्ला कमिटी सदस्य, नगर कमिटी अध्यक्ष सागर भट्ट, अनेरास्ववियु, राष्ट्रिय युवा सघंका नेताहरुको आथित्यतामा भयको कार्यक्रममा, स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

