ब्रेन ट्युमर बाट ग्रसित दिदिभाईलाई सांसद आलेद्धारा रु. एक लाख सहयोग

किरण धामी/डोटी

सांसद प्रेम आले मगरले ब्रेन ट्युमर पिडितलाई एक लाख सहयोग गरेका छन् । सांसद आलेले डोटीको बडीकेदार गाउँपालिका वडा नम्वर १ रिसिडीकी ब्रेन ट्युममर बाट ग्रसित निर्मला मन्निलाई एक लाख सहयोग गरेका हुन् । डोटी बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम आले मगरले बिहिबार अस्पतालमा पुगी ब्रेन ट्युमर बाट ग्रसित मन्निको स्वास्थ्य अवस्था बुझी एक लाख सहयो गरेको सांसद आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

बिरामीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै संसाद आले
Sagan sahari bhawan nirman aayojana

साथै आलेले अन्य सहयोगी मनहरुलाई सक्ने जति आर्थिक सहयोग गरि उनिहरुको जिवन रक्षा गरिदिन पनि अपिल गरेका छन् ।

रु. एक लाखको चेक

एकै परिवारका दुई जना दिदि भाई ब्रेन ट्युमर बाट ग्रसित छन् । छोरी २३ वर्षीय निर्मला मन्नि र छोरा १८ वर्षका डबल मन्नि दुबै जनालाई ब्रेन ट्युमर भएको पिडितकी आमा कल्पना मन्निले जानकारी दिईन् । उनिहरुको हाल टिचिङ अस्पताल महाराजगञ्ज काठमान्डौमा उपचार भैरहेको छ । आफ्नोे आर्थिक अवस्था कमजोर भएकाले छोराछोरीको उपचारमा साह्रै समस्या भैरहेको मन्निेले बताईन् । मन्निले छोराछोरीको उपचारका लागी आर्थिक सहयोग गरिदिन याचना गरेकी छिन् ।

ब्रेन ट्युमर बाट ग्रसित दिदि भाईलाई सहयोग गर्न चाहनेले पिडितकी आमा कल्पना मन्निको मोबाईल नम्बर ९८६५६४५७८५ मा सम्पर्क गरी सहयोग गर्न सक्ने सांसद आलेका स्वकीय सचिव रेग्मीले बताए ।

Shaileshwori
Loading...