दिनदिनै ओरालो लाग्दै सुनको मुल्य,


डोटी : नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज शुक्रबार प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
