आज देशभर थप सातजना कोरोना संक्रमितको मृत्यु,
१६ सय ७४ संक्रमित थपिए, २३ सय २३ मुक्त


डोटी: पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ५ पुगेको छ।
त्यस्तै, आज शनिबार थप १६ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ९ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारी अनुसार आज देशभर २३ सय २३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९३ हजार ३२५ छ।
