मेरो कुभलो चिताउने मेरै यार रहेछ

१- गजल
बेलुनले घमण्ड देखाउदैछ सिन्को सँग
अब मुख छोपेर हिंड्नुपर्छ पछुतो सँग
तिमी बीच सफरमा हरायौ,यहीँ सम्झेँ
सागर पुग्ने सौभाग्य हुँदैन कुलो सँग
इज्जत गरेको मान्छेले गुलाम सम्झ्यो
बाङ्गै हँसिया बन्नुपर्ने रहेछ बाङ्गो सँग
यी मान्छेबाट असुरक्षित महसुस गर्छु
बरु दोस्ती चलिरहेछ मेरो छेपारो सँग

समयले सबैलाई पछार्नु थियो पछार्यो
भैगो गुनासो नगर खुकुरी अचानो सँग
@अनुराग👁️
२-गजल
परिश्रम नै दु:खको उपचार रहेछ
खाडिमा पनि पिडाको ईनार रहेछ
मेरो कुभलो चिताउने मेरै यार रहेछ
तारिफ गरेरै सिध्याउने सुरसार रहेछ
मैले प्रेमलाई ऐना सम्झेर भुल गरेँ!
तिम्रा लागि प्रेम एक ब्यापार रहेछ
दु:खहरु सिध्याउने कुन यन्त्र होला?
मान्छेलाई सिध्याउने अहंकार रहेछ
बिना प्रहार मेरो जिन्दगी ध्वस्त भयो
तिम्रो त बोलीमै भयानक धार रहेछ
@अनुराग👁️
