बैतडीमा जिप दुर्घटना : ५ जनाको मृत्यु, ४ घाईते

Sayalb

बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा अन्य ४ जना घाईते भएका छन् भने दुई जना सकुशल रहेका छन् । झुलाघाट बाट गोठलापानी तर्फ जाँदै गरेको ना १ ज २१९६ नम्बरको जिप मंगलबार दिउसोे १ बजेर करिव ४० मेनेटतिर जिल्लाको दशरथचन्द नगरपालिका ८ बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रबक्ता जनक बहादुर धामीले जानकारी दिनुभयो । जिव चालक फरार रहेको बताईएको छ । मृतकको सनाखत भएको छैन ।

Shaileshwori
Loading...