सम्पर्कविहीन बनेका डिएसपी होटलबाट रंगेहात युवतीसँग समातिए

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए । राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरियो । कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनावमा परे ।
कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाइयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरियो ।
तर, प्रहरी नायव उपरीक्षक चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका छन् । स्रोतका अनुसार उनी, ‘केटीसहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन् ।
‘केटी लिएर बुढीतोला जानुभएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नुभयो होला, यता सम्पर्कविहीन भएपछि खोजी हुन थाल्यो ।’ स्रोतले दिएको जानकारीअनुसार उनी केटीसँगसहित रंगेहात समातिएका हुन् । प्रहरीले उक्त घट्नालाई लुकाउन खोजीका छन् ।
यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले नायव उपरीक्षक चौधरी आज बिहान आफैँ सम्पर्कमा आएको बताएका छन् । युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

Sayalb

प्रहरी वरिष्ठ उपरीक्षक सिहंले भने, ‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नुभएको छ ।’
उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भने पनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखिएको छ । थाहाखबर

Shaileshwori
Loading...