सुदूरपश्चिम सरकारको पहिलो चौमासिक खर्च सार्वजनिक : ६.२९ प्रतिशत खर्च

Sayalb

सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पहिलो चौमासिकको खर्चमा बृद्धी गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पहिलो चौमासिकमा यस वर्ष खर्च वृद्धि गरेको बताए ।
गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएको थियो भने यो वर्ष ६ दशमलव २९ प्रतिशत खर्च भएको छ । यस वर्ष गत वर्षभन्दा १ दशमलव ७६ प्रतिशतले खर्च वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५ दशमलव ४० प्रतिशत र पुँजीगततर्फ ३ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको थियो भने यस वर्ष चालुतर्फ ६ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५ दशमलव ९३ प्रतिशत खर्च गरेको छ ।
मन्त्री बोहराले चालु आर्थिक वर्ष ०७७र०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजस्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै प्रदेश सरकारले पहिलो चौमासिकमा ६ दशमलव २९ प्रतिशत अर्थात् २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको बताए । यस वर्ष चालुतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार र पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार खर्च भएको मन्त्री बोहराले जानकारी दिए । प्रदेश अर्थमन्त्री बोहराले यस वर्ष चालुतर्फ १ दशमलव २५ र पुँजीगततर्फ २ दशमलव ४१ प्रतिशतले खर्च बढी भएको जानकारी दिए ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार बजेट विनियोजन गरिएको थियो । मन्त्री बोहराले यस वर्ष ९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी गरेका छन् । पहिलो चौमासिकमा प्रदेश सरकरको बजेट खर्च समेत सन्तुष्टिजनक रहेको उनले बताए ।

Shaileshwori
Loading...