भारतको तामिलनाडूमा शक्तिशाली आँधी, तुफानका कारण सडकहरु अवरुद्ध

एजेन्सी / भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै निवार तुफान प्रवेश गरेकाले सर्वसाधारणलाई सचेत बनाइएको छ ।

आँधीबाट प्रभावित यी क्षेत्रका १ हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारतमा हरेक वर्ष आउने तुफानका कारण सय भन्दा बढीको ज्यान जाने गरेको छ ।

Sayalb

यसैगरी यो तुफान चेन्नई र महाबलीपुरमसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तुफानका कारण सडकहरु अवरुद्ध हुनुका साथै केही घरका छानाहरु उडाएका छन् ।

ठाउँ ठाउँमा सवारी साधनहरु रुखले थिचिएका छन् । भारतीय मौसम विभागका अनुसार सो तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले आउनसक्ने भन्दै ठूलो नोक्सानी हुनसक्ने चेतावनी दिएका छन् ।

Shaileshwori
Loading...