राष्ट्रिय युवा प्रतिभा पुरुस्कार सुदूरपश्चिमबाट अनुसन्धानकर्ता चन्दले पाउने
सुदूरपश्चिममा वन्यजन्तुको खोज अनुसन्धान र संरक्षणको निम्ती समुदायस्तरमा विभिन्न कार्य गर्दै आएका धीरेन्द्र बहादुर चन्द युवा प्रतिभा पुरस्कार पाउने भएका छन् । संघीय सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कार अन्तर्गगत यो वर्ष सुदूरपश्चिम प्रदेशका युवा अनुसन्धानकर्मी एवम् संरक्षणकर्मी चन्द पाउने भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने सो पुुरस्कार चन्द सहित देशभरीका ११ युवा र दुई संस्थाले पाउने भएका छन् । उक्त पुरस्कारको राशि रु एक लाख रुपैयाँ रहेको छ । विभिन्न खोज, अनुसन्धानको क्षेत्रमा चन्दले पुर्याएको योगदान गर्दै सरकारले उनलाई युवा प्रतिभा पुरस्कार प्रदान गर्न लागेको हो । उनले सुदूरपश्चिम प्रदेशमा बाँदर, चितुवा आतङ्क, डल्फिन, पुड्के खरायोको बारेमा अनुसन्धान गरेका छन् ।
चन्दको घर बैतडी जिल्लाको पाटन नगरपालिका–९ मा अवस्थित रहेको छ ।