भारतको कोभिड अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

एजेन्सी: भारतको गुजरात राज्यको नवरंगपुरामा रहेको कोभिड अस्पतालमा आगलागी हुँदा आठजना रोगीको मृत्यु भएको छ । तिनमा पाँच पुरुष र तीन महिला छन् ।
श्रेय अस्पतालमा यो घटना भएको हो र त्यसलाई सील गरिएको एडिसनल चीफ सेक्रेटरी राजीव कुमार गुप्ताले बताए ।

४१ रोगीहरूलाई सरदार वल्लभ भाई पटेल अस्पतालमा सारिएको छ । शरीरहरूलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
प्रहरीका अनुसार, श्रेय अस्पतालमा बिहान सबेरै आईसीयूमा आगो लाग्यो । त्यसपछि आगो अन्य वार्डमा फैलियो । शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ ।
अस्पतलामा कोभिड रोगीका लागि ५० शय्या छन् । दुर्घटना हुँदा ४५ रोगी भर्ना भएका थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मारिएका मानिसको परिवारलाई २–२ लाख भारु दिने घोषणा गरेका छन् । घाइते भएकाहरूलाई ५० हजार भारु दिइनेछ ।
मुख्यमन्त्री विजय रुपाणीले घटनाको अनुसन्धान गर्ने आदेश दिएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार, प्रहरी र फायर ब्रिगेडका कर्मचारीहरूले रोगीहरूलाई अर्को वार्डमा सारेका थिए ।
मर्नेको संख्या बढ्न सक्ने बताइएको छ ।
रोगीहरूका परिवारका सदस्यले प्रहरी तथा फायर ब्रिगेडलाई अस्पताल व्यवस्थापनले ढिलो गरी मात्र आगलागीको जानकारी दिएको आरोप लगाएका छन् ।
