नेपाल-भारत मिलेर काम गर्नुपर्ने : विदेश सचिव श्रृंगला

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल-भारत मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले दुई देशबीच घनिष्ट मित्रका रुपमा एकसाथ गर्नुपर्नेमा जोड दिएका छन् ।

Sagan sahari bhawan nirman aayojana

सचिव श्रृंगलाले भारतले कोरोनाविरुद्ध खोप निर्माण तथा आयातका लागि काम गरिरहेको बताउँदै त्यसलाई नेपालमा पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । कोरोना विरुद्धको खोप आउने बित्तिकै आफुहरुको प्राथमिकता नेपालको आवश्कता पुरा गर्ने हुने पनि उनले बताए ।

Shaileshwori
Loading...