शुक्रबार देशभरका एक हजार ७०३ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु
शुक्रबार देशभर थप एक हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड१९ प्रयोगशालामा १० हजार ४ सय ६० नमुनाहरुको परिक्षण गरिएकोमा एक हजार ७ सय ३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ छ ।
आज देशभरका एक हजार २ सय ३६ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप २३ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४ सय ३५ पुगेको छ ।