खुसी चाहान्छु जुनी जुनी,मुस्कुराएर बस्नु

१- मुक्तक
श्रमले क्रान्ति गर्छु भन्ने विचार हुनेहरु
मरुभूमिमा मुल फुटाउन प्रसार हुनेहरु
परिवर्तनका संवाहक तिनैहुन युगले बुझोस
जोश,जागर,सीप र हातमा औजार हुनेहरु
२-मुक्तक
खुसी चाहान्छु जुनी जुनी,मुस्कुराएर बस्नु
नरोउ रुने त ~म छु नी,मुस्कुराएर बस्नु
मुटूमा राख्छु भन्दा अस्विकार गर्ने मान्छे
अब कसैका पैतला मुनी,मुस्कुराएर बस्नु
३-मुक्तक
संग्रामले बनेको मान्छे, बिचारले चल्ने मान्छे
यी अँध्यारा बस्तीहरूमा मसाल झैँ बल्ने मान्छे,
तिम्रो वर्गले च्यापिएर, तिम्रो नस्लले थिचिएर,
पर्दा पछाडि बस्न विवश छ युग बदल्ने मान्छे।।
४-मुक्तक
हुँदा पनि मनभरी शोक हाँस्दै भनिदिएँ ।
गर्दिन तिम्रो जीवनमा रोकतोक हाँस्दै भनिदिएँ ।
खुशी त छौनि ? उनले सोधिन् हामी छुट्ने बेला,
तिम्रो खुशी हो मेरो सबथोक हाँस्दै भनिदिएँ ।
५- मुक्तक
प्रश्न उठ्छ मनमा तमाम कस्ले लेखिदियो?
यसु अल्लाह बुद्ध राम कस्ले लेखिदियो?
मैले चाहेर पनि जीवनभर मेटाउन सकिन
यो छातीमा उनको नाम कस्ले लेखिदियो?

Sagan sahari bhawan nirman aayojana

प्रचण्ड सापकोटा
हर्मी – ३ सिरान चौक गोर्खा

Shaileshwori
Loading...