डडेल्धुराकी ७२ वर्षीया कोरोना संक्रमितको मृत्यु

Sayalb

डडेल्धुरामा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत जिल्लाको अमरगढी नगरपालिका वडा नम्वर ५ की ७२ वर्षीया महिलाको मृत्यु भएको हो । बृद्धामा केही दिन अघि डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । निमोनिया तथा छातीको समस्याले ग्रसित उनको आईतबार बिहान मृत्यु भएको हो ।

Shaileshwori
Loading...