सोमबार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा २४ जनाको कोरोना पुष्टि

डोटी : सोमबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ९८ जनाको कोरोना जाँच गरीएकोमा २४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कोरोना पुष्टि भएका १३ जना पुरुष र ११ महिला हुन् ।

आज कैलाली जिल्लाका ७ जना, कञ्चनपुर जिल्लाका १४ जना, बझाङका दुई जना, दार्चुला एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

bhukampa

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जना र कैलालीकै पालिका नखुलेका एक जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाका १३ जना, कृष्णपुर नगरपालिकाका एक जना, बझाङ जिल्लाको मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका एकरएक जाना र दार्चुलाको महाकाली नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...