नेकपा सचिवालय बैठक फेरी भोली बस्ने, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार बस्ने गरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १ बजेबाट बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दुबै जना अध्यक्षका प्रस्तावमा सुरु भएको छलफल आज नसकिएकाले पुनः फेरी भोली दिउँसो १ बजे बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

Sagan sahari bhawan nirman aayojana

आजको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो धारणा राखेको उनले बताए । श्रेष्ठका अनुसार आज अन्य नेताहरुले पनि केही सामान्य धारणा राखेका थिए ।

पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने सबैको एकमत रहेको उनले बताए। ‘विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवै छलफललाई तिव्रता दिनेछ’, उनले भने, ‘पार्टीमा देखिएको संकट समाधान र पार्टी एकताको रक्षाको गर्नतर्फ बैठक केन्द्रित रह्यो।’

सुरक्षा थ्रेटको कारणले बैठक पार्टी मुख्यालयबाट बालुवाटार सारिएको चर्चा भइरहे पनि त्यस बिषयमा कुनै जानकारी नभएको उनले प्रष्ट्याए ।

Shaileshwori
Loading...