देखावटी रुपमा खुसी सम्पन्न भएर के गर्नु

१(मुक्तकः
बन्नलाई तिम्रो जिन्दगीको नायक योग्य छैन म
जिन्दगी छ अति पिडा दायक योग्य छैन म
तिमी सहर बजारको म गाउँको मान्छे हुँ
यसकारण तिम्रो प्रेमि बन्न लायक योग्य छैन म
२(मुक्तकः
शंका हुनु पर्दछ ठिक ठिकै विश्वास हुनु पर्छ
प्यार सँगसँगै दुबैमा अधिकै विश्वास हुनु पर्छ
फेसबुकको पासवर्ट साँटेर प्रेम हुदैन मित्र
प्रेम हुन एकअर्काको उत्तिकै विश्वास हुनुपर्छ
३(मुक्तक
देखावटी रुपमा खुसि सम्पन्न भएर के गर्नु
भनौ मुखै नहुने हरुलाई अन्न भएर के गर्नु
आफूभन्दा प्यारो मान्छे आफुसँग नभएपछि
जतिसुकै सम्पत्ति भएनी टन्न भएर के गर्नु

४(मुक्तक
जिन्दगीको कुनै मोडमा कतिखेर, गुनासो गर्दैन ११
दुःख पिडा सबै लाई पर्छ एकफेर, गुनासो गर्दैन ११
सायद रुखलाई छोडेर जाने पात कुहिएको देखेर होला
यस कारण तिमीले छोड्यौ भनेर, गुनासो गर्दैन ११
४(मुक्तक
हरेक समय हरेक पल राम्रो कमाई हुन्छ
गर्नै पर्दैन त्यस्तो कुनै छल राम्रो कमाई हुन्छ
भाग्यलाई दोष देखाई बेरोजगार बस्नु भन्दा
थाप्नुस् चोकमा पान पसल राम्रो कमाई हुन्छ
लक्ष्मण खड्का
