डडेल्धुरामा पनि लाग्यो ‘राजा आउ देश बचाउ’ नारा

डडेल्धुरामा पनि ‘राजा आउ देश बचाउ’ भन्दै प्रदर्शन भएको छ । राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाजले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुरामा राजसंस्था पुनस्र्थापनाको माग राख्दै प्रदर्शन गरेको छ ।

Sayalb

बुधबार ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, हिन्दुराष्ट्र नेपाल जिन्दावाद, ‘गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावाद’, ‘गाउँगाउँ हल्ला छ राजा ल्याउने सल्लाह छ’ लगायतका नारा लगाएर जिल्ला सदरमुकामको बसपार्कबाट पोखरा बजारसम्म मोटरसाईकर्ल यालीसहित प्रदर्शन गरेका हुन् ।

Shaileshwori
Loading...