कांग्रेसका वरिष्ठ नेता पौडेलद्धारा नै तनहुँको बुल्दीखोला पुल उद्घाटन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन् । तनहुँको व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुलको बिहिबार पौडेलले रिबन काटेर पुल उद्घाटन गरेका हुन् ।

उक्त पुलको बुधबार उद्घाटन गर्ने तय भनिएको थियो तर बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै गरेका हुन् ।

Sayalb

सत्तारूढ दल नेकपाका कार्यकर्ताले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रशासनले निषेधाज्ञासमेत जारी गरेको थियो ।निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेललाई हिजो तीन घण्टा तनहुँ प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो । कांग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको छ ।

Shaileshwori
Loading...