बन्धक बनाऊ या बाध जन्जिर डसेरै छोड्छन्।

 गजल 
बन्धक बनाऊ या बाध जन्जिर डसेरै छोड्छन्।
एक दिन मुटुमै रोपेर तिखो झिर डसेरै छोड्छन्।।

विश्वास नभएका मान्छे र विषालु सर्प उस्तै हो।
जति माया गरेर राख्नुस् आखिर डसेरै छोड्छन्।।

भूकम्पले भित्ता चर्काएको घर पहिरोले बगायो।
बर्षातिझै उछल्केर आउँछन् पिर डसेरै छोड्छन्।।

Sayalb

नरपिचासझै बनेका छन् आजकलका मान्छेहरू।
गिद्धे नजर लाउँछन् छोरीकै शरीर डसेरै छोड्छन्।।

आजबाटै निस्तेज बनाउनुस् स्वार्थका सम्बन्धहरू।
मौका आए दुश्मनझै काट्छन् शिर डसेरै छोड्छन्।।

कृष्ण भण्डारी
दिपायल सिलगढी नगरपालिका डोटी
हाल: दक्षिण कोरिया

Shaileshwori
Loading...