परदेश जानू छ छोडेर जन्म घर कसरी भनु

गजल
परदेश जानू छ छोडेर जन्म घर कसरी भनु
यी छोरामा छ आमाका हरेक रहर कसरी भनु

तिम्रो घाटिको मफलर बन्ने मन थियोे मलाई
आयो खुट्टाको पाउजु बन्ने अवसर कसरी भनु

Sagan sahari bhawan nirman aayojana

प्रिया यी आँसु बगेर नदि हुँदै सागर बनेर गए
सबै पीडा बोकेर बसेको छ बगर कसरी भनु

गन्तव्य सम्म पुग्छु भनेर हिडेको हो “स्पन्दन ”
अब बिच बाटो मै सकियो सफर कसरी भनु

नाम: महेन्द्र क्षेत्री स्पन्दन
पुर्बपचौकी गाउपालिका 2 डोटी
हाल : काठमाडौं कलंकी

Shaileshwori
Loading...