बन्द हुन्छ हड्ताल हुन्छ तिम्रो राजधानीमा

गजल
बन्द हुन्छ हड्ताल हुन्छ तिम्रो राजधानीमा।।
हरेक बचन बेहाल हुन्छ तिम्रो राजधानीमा।।

साचो माया गर्छु झुटो भनि आश्वासन नदेउ।।
त्यहि अन्तिम काल हुन्छ तिम्रो राजधानीमा।।

नेता भनाउँदाले महल बनाए राजनिति गरेर।।
जनताको त्रिपाल हुन्छ तिम्रो राजधानीमा।।

Sayalb

हत्या हिँसा बिरुद्ध आवाज उठाउनै हुन्न हो।।
दोसि बचाउन कमाल हुन्छ तिम्रो राजधानीमा।।

जवानी पैसामा बिक्छ हरेक सहरको गल्लिमा।।
अनि पैसाको फालाफाल हुन्छ तिम्रो राजधानीमा।।

                                                              दल चिराल आमुल

Shaileshwori
Bolpatra
Loading...