सुदूरपश्चिममा बढ्दै बहुबिवाहका घटना

रामहरि ओझा/डोटी
मंसिर७गते डोटीको शिखर नगरपालिका–६ कि एक महिलाजिल्लाप्रहरी कार्यालय डोटी पुगिन् । आफ्नाश्रीमान्ले अर्को बिहे गरेको भन्दै उनले जिल्लाप्रहरी कार्यालयमाउजुरी दिईन् । प्रहरीकाअनुसार उनकाश्रीमान् र सौतादुवै सम्पर्कबिहिन छन् ।
मंसिर महिनामामात्रै सुदूरपश्चिमकाबिभिन्नजिल्लामाबहुविवाहकाचार घटना दर्ता भएका छन् । सुदूरपश्चिमप्रदेश प्रहरी कार्यालय दिपायलकाअनुसार मंसिर १ गतेदेखि १९ गतेसम्मकञ्चनपुरमादुई र कैलाली र डोटीमा एक÷एकबहुविवाहका घटना दर्ता भएका छन् ।
बिगततीनबर्षको तथ्याङ्क हेर्दा सुदूरपश्चिमप्रदेशमाबहुबिवाहका घटना बढ्दो क्रममा रहेका छन् ।प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०७४÷०७५ मा ४६ बहुबिवाहकाजाहेरी प्रहरीमा परेकाथिए । ०७५÷०७६ माउक्त संख्या बढेर ७३ पुगेको छ । गतआर्थिक बर्षमा सुदूरपश्मिप्रदेशमाबहुबिवाहका७९ घटना दर्ता भएकाप्रहरीको तथ्याङ्ककले देखाउँछ ।

चालु आर्थिक बर्षको मंसिर १९ गतेसम्ममात्रै यस प्रदेशमा ४८ बहुबिवाहका घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साउनमा आठ, भाद्रमा १५, असोजमा १२, कार्तिकमानौ र मंसिर १९ गतेसम्मचार बहुबिवाहकाजाहेरी प्रहरीमाआईपुगेका छन् ।चालु आर्थिक बर्षमाहालसम्म कैलालीमा १६, कञ्चनपुरमा १६, डोटीमा तीन, अछाममा चार, बाजुरामापाँच र बझाङमाचार बहुबिवाहकाजाहेरी दर्ता भएका छन् ।आर्थिक बर्षको पाँचमहिनापनि पुरा नहुँदै ४८ जाहेरी आउनुले यस बर्ष गतबर्षको तुलनामा दोव्वर बहुबिवाहकाजाहेरी आउने अनुमानगर्न सकिन्छ ।

आर्थिक बर्ष २०७४÷०७५ मा देशभरी ६ सय दुई बहुबिवाहकाजाहेरी दर्ता भएका छन् । यस्तै आव ०७५÷०७६ मा एक हजार एक र आव ०७६÷०७७मा सात सय ३४ जाहेरी दर्ता भएका छन् ।

किन बढ्दैछन् बहुबिवाहका घटनाहरु ?महिलाअधिकारकर्मी देवकीबोहरा भन्छिन् ‘कानूनको प्रभावकारी कार्यान्वयनहुननसकेकाकारण यो समस्या बढ्दै गएको छ ।’ बहुबिवाहगर्नेलाई राजनीतिक संरक्षण मिल्ने र कानूनकार्यान्वयनगर्ने निकायले बिभिन्नदवावमाअरोपीलाई सजायदिलाउननसक्ने भएकाकारण यो समस्याआएको उनको दावी छ । देवकी थप्छिन् ‘कतिपय घटनाहरु देखासिखीकाकारण पनिहुने गरेका छन् ।’

Sayalb

प्रहरीसम्मआएका घटनाहरु प्रतिनिधि घटना मात्रै भएका र यस्ताबहुबिबाहका घटनाहरु समाजमाथुप्रै रहेका देवकीको दावी छ । ‘साधारण महिलाहरुले अहिले पनिप्रतिवादगर्न सक्दैनन्, पुरुषले जे गरेपनि सहनु पर्छ भन्ने सोच्छन्’ उनले भनिन् ‘त्यसकारण पनिबहुबिवाहलगायतकामहिला हिंसाका घटनाहरु बाहिर आउन सकेका छैनन् ।’महिलाहरुले पुरुषप्रतिनिर्भर भएर बाच्नु पर्ने भएकाकारण पनिबहुबिवाहका घटनामा उजुरी नगर्ने गरेको उनको अनुभव छ ।
बहुबिवाहका घटनाहरु बढ्नुमा सामाजिक सञ्जालपनिकारक रहेको वताउँछिन् नेपालपत्रकार महासंघ सुदूरपश्चिमप्रदेश समितिउपाध्यक्षचाँदनीआचार्य । ‘सामाजिक सञ्जालमा सम्वन्ध हुन्छ, एक–अर्काप्रतिनजिकहुँदै जान्छन्, अन्ततः बिहे गर्नेसम्म गर्छन्’ गोरखापत्र दैनिककालागि कैलाली सम्वाददाता समेत रहेकीचाँदनी भन्छिन् ‘सामाजिक सञ्जालले बहुबिवाहसंगसंगै सम्वन्ध बिच्छेद्का घटनाहरु पनि बढाएको छ ।’

बिहे गरेको लामो समयसम्मपनि छोराछोरी नहुनु, छोरी मात्रै जन्मिनु पनिबहुबिवाहको कारण भएको चाँदनीको भनाई छ । उनले थपिन् ‘श्रीमान्श्रीमतीकाबिचमा मनमुटाव हुनु र बिस्तारै झगडा बढ्दै जानुले पनि पुरुषले बहुबिवाहगर्ने मौकापाईरहेका छन् ।

बहुबिवाहका घटनाहरु बढ्नुले अहिले पनि समाजमामहिलाहरुप्रतिभईरहेको अन्यायझल्किएको वताउँछन् सुदूरपश्चिमप्रदेश प्रहरी कार्यालय दिपायलकाप्रवक्ताप्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह । ‘समाजमादुई बिहे गर्नेलाई ठुलो मान्छे ठान्ने परम्पराले पनिबहुबिवाहलाई प्रश्रय दिईरहेको छ’ प्रहरी बरिष्ठ उपरीक्षक सिंहले भने ‘बहुबिवाहका घटनाहरुलाई कानूनीदायरामाआउननदिई गाउँमै मिलाउने गरेकाकारण बहुबिवाह जस्तो अपराधगर्नेहरुको मनोवल बढेको देखिन्छ ।’ उनले थपे ‘चेतनाअभावको कारण महिलाहरु आफै पनिखुलेर प्रतिवादगर्न सक्ने अवस्थामा छैनन्, त्यसैले पुरुषहरुको मनोवल बढेको छ ।’

महिलामाथीहुने कुनै प्रकारका हिंसाका घटनामा मिलापत्रगर्ने व्यक्तिलाई कानूनको दायरामाल्याउनु पर्ने सिंहको धारणा छ । उनले भने ‘यसकालागि सचेतीकरण अभियान सञ्चालनगर्न पनि जरुरी छ ।’

मुलुकीअपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुबिवाहगर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँचवर्षसम्म कैद र १०हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबानाहुने व्यवस्था छ । साथै बहुबिवाह स्वतःबदर हुने समेत उक्तदफामाउल्लेख छ ।

Shaileshwori
Loading...