सरकारले जनअपेक्षा अनु्सार काम नगरेको प्रतिपक्षि दलहरुको आरोप 

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्माले बोलाएको सर्वदलीय बैठकमा उपस्थित भएका बिभिन्न दलका नेताहरुले सरकारले नागरिकको अपेक्षा र संबिधानको मर्म अनुरुप काम नगरेको आरोप लगाएका छन् । आज बालुवाटारमा भएको सर्वदलीय छलफलमा नेताहरुले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएका छन् । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका विषयमा नेताहरुको धारणा माग्नुभएको थियो । त्यसपछि बोल्ने प्रमुख प्रतिपक्ष दल काँग्रेस, जनता समाजवादी लगायतका नेताले सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको धारणा राखेका थिए ।

Sayalb

त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको र त्यसलाई प्रतिगामीहरुले उपयोग गर्ने कोशिस गरेको नेताहरुले बताएका छन् । काँग्रेस नेताहरुले सरकार संविधानको मर्म अनुसार नचल्दा विभिन्न कोणबाट सडकमा असन्तुष्टि देखिएको बताएका छन् । सरकार सच्चिएर लोकतान्त्रिक पद्धती अनुसार चल्यो भने त्यस्ता प्रवृत्ति सफल हुन नसक्ने आफुहरुले बताएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको पनि बताएका थिए ।

Shaileshwori
Loading...