सायल गाउपालिका-६ मा लैङ्गिक हिसां अन्त्यका लागी अन्तक्रिया तथा जनचेतना मुलुक कार्यक्रम सम्पन्न

शालिभान साउद/डोटी
लैङ्गिक हिसां विरूद्ध को १६ दिने अभियान चलिरहदा डोटीको सायल गाउपालिका वडा न. ६ मा लैङ्गिक हिसां अन्त्यका लागी अन्तर्किया तथा जनचेतना मुलुक कार्यक्रम बुधबार सायल गाउपालिका वडा न ६ दल्लेखमा सम्पन्न भएको छ। सायल गाउँपालिकाकी उपाध्यक्ष बिष्ना देवी सिंहको अध्यक्षता, गाउपालिकाका अध्यक्ष तेज बहादुर डुम्ररेलको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा अतिथिहरु ६ न वडाका वडा अध्यक्ष धन बहादुर साउद, वडा सचिव बर्षा ओझा, युवा नेता केशब उपाध्याय, पत्रकारहरू, स्थानिय बुद्धिजिबी, रहेका थिए।

Sayalb

कार्यक्रममा सहभागीले महिला हिसां तथा लैङ्गिक हिसांको प्रमुख कारण मदिरा भएको र मदिरा नियन्त्रण गर्नु पर्नेमा जोड दिएका छन्। देशमा जस्तो सुकै परिवर्तन भए पनि महिलाको अधिकार अझै महिलाले पाउन नसकेको सायल गाउपालिका वडा न. ६ की वडा सदस्य कल्पना देवी साउद ले बताउनु भएको छ।

बालविवाह र बहुविवाह गर्ने प्रथाले लैङ्गिक हिसां तथा महिला हिसां हुने गरेको पाईएको सायल गाउपालिका ६ न वडाका वडा अध्यक्ष धन बहादुर साउद बताउनुभएको छ। यो प्रर्था अन्त्य गर्न गाउपालिका र वडा कार्यालय लागि परेको समुदायले यस्मा साथ दिनु पर्ने अध्यक्ष साउदले जोड दिनुभएको छ। कार्यक्रममा सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्ररेल, उपाध्यक्ष बिष्ना देवी सिंह, ६ न वडाका वडा अध्यक्ष धन बहादुर साउद, वडा सचिव बर्षा ओझा, युवा नेता केशब उपाध्याय, पत्रकारहरू, स्थानिय बुद्धिजिबी, महिला लगायतको सहभागीता रहेको थियो।

Shaileshwori
Loading...