नेपालमा कोरोनाको खोप ल्याउने बारेमा मन्त्रीहरूबीच छलफल

काठमाण्डौँ : नेपालमा नोबेल कोरोना भाइरसको खोप ल्याउने विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले आज मन्त्रीहरुसँग छलफल गर्नुभएको हो । सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग पोखरेलले सामूहिक छलफल गर्नुभएको हो ।

Sayalb

जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिकाबारेमा छलफल भएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिनुभयो । बैठकले कोभिड–१९ भाइरस नियन्त्रणसम्बन्धी भएका कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ पठन सामग्री प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको छ । कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका केही व्यावहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

Shaileshwori
Loading...