भोलिदेखि अमेरिकामा कोरोनाविरुद्वको खोप लगाइने
यो खोप ९५ प्रतिशत प्रभावकारी
अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारेदेखि सुरु हुने भएको छ। भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख डोज सबै राज्यमा पठाइनेछ ।
खोपको पहिलो ३० लाख डोज सबै राज्यमा पुर्याइनेछ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। खोप सुरक्षित तरिकाले सबै राज्यमा पुर्याइने अमेरिकी अधिकारीहरुले बताएका छन्।