अबको अधिवेशन नयाँ ढंगले चलाउने सभामुख सापकोटाको भनाइ 

काठमाण्डौँ : सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताउनुभएको छ । १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा सभामुखले बाध्यात्मक व्यवस्थाअनुसार संसद अधिवेशन आह्वान हुनेतर्फ संकेत गर्दै त्यसका लागि तयार रहेको बताउनुभयो । संवैधानिक रुपमा पनि पुस १८ गतेसम्म संसद् अधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको छ, । आज संसद भवन बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले चलाउने बताउनुभयो ।

Sayalb

कोरोना भाइरसको सङ्क्रमणका कारण संसद् अधिवेशन प्रभावित नहोस् भनेर संसद् सचिवालयले तयारी गरेको सभामुख सापकोटाले बताउनुभयो । राज्यका प्रमुख निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहेको र व्यवस्थापिकाबाट राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री चयन हुने भएकोले संसद्को महत्व अझ बढी हुने सभामुख सापकोटाको भनाइ थियो ।

Shaileshwori
Loading...