नेकपाको सचिवालय बैठक पुष १ गते सम्मका लागि स्थगित

काठमाण्डौँ : सत्तारुढ नेकपाको आज बसेको स्थायी कमिटी बैठक शोक–प्रस्ताव पारित गरेर पुष १ सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । सांसद एवं पूर्वराजदूत लामाको कोरोना सक्रमणका कारण विहीवार निधन भएको थियो ।

यसअघि मंसिर २१ मा बसेको बैठक आइतबार सम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको थियो ।

Sayalb

प्रचण्डले लामा र सम्बन्धित हाइड्रोको व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र प्रवक्ताले पनि तपाईंहरू मिल्नुस् भन्ने बाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेको बैठकपछि श्रेष्ठले बताउनुभयो । शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेन । आजको बैठकमा दुई अध्यक्षले आफ्ना प्रस्तावमाथि व्याख्या गर्ने र त्यसपछि सचिवालयका सदस्यहरुले धारणा राख्ने कार्यसूची थियो ।

यस अघिकै बैठकमा दुई अध्यक्षका प्रस्ताव र पत्र अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई वितरण गरिएको थियो ।

Shaileshwori
Loading...