संसद बिघटन बिरुद्ध नेकपाका कार्यकर्ताको आन्दोलन

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । आज अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा नेकपाका नेता कार्यकर्ता सहभागि भएका थिए । प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन, ‘संसद विघटन जनमतको धोका हो लगायतका नारा लगाएका छन् ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत रहेको बताउनुभएको छ । संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु गलत र भत्र्सनायोग्य रहेको गौतमले बताउनुभएको छ । आज प्रेस नोट जारी गर्दै उहाँले यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताउनुभएको छ ।
यसैबीच, सिंहदरबार स्थित संघीय संसद् सचिवालमा भेला भएका नेकपा सांसदहरुले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गरेका छन् । बिहान विभिन्न संसदीय समितिको बैठकका लागि सिंहदरबार पुगेका उनीहरुले प्रधानमन्त्रीको अप्रत्याशीत निर्णयको खबर बाहिरिएछि सो निर्णयको भत्सर्ना गरेका हुन् ।
