सामुदायिक बिकास मञ्च नेपालको सार्बजनिक सुनुवाई सम्पन्न

Sayalb

डोटी : सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपाल डोटीले आर्थिक बर्ष ०७६/०७७ को सार्बजनिक सुनुवाई गरेको छ । संस्थाले आर्थिक बर्ष ०७६/०७७ मा सञ्चालन गरिएका परियोजनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
संस्थाले सम्पादन गरेका कामको सार्बजनिक सुनुवाई गरी जनता तथा आफ्ना लाभाम्बीत सेवाग्राही प्रति संस्था उत्तरदायी रहेको र संस्थागत सुसासन कायम रहेको देखिएको जिल्ला समन्वय डोटीका उप–संयोजक शसी सोबले बताईन् । सोबले भनिन् ‘सामुदायिक बिकास मञ्च राम्रो संस्था हो, संस्थागत सुसासन कायम गरेको छ भएको देखिन्छ सामुदायिक बिकास तथा बिकास निर्माणमा राम्रो योगदान छ ।’
संस्थाले सञ्चालन गरेका ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना तेस्रो चरण, सामुदायिक बिकास परियोजना, सुरक्षित गर्भवतन सेवा कार्यक्रम र कोभिड–१९ प्रतिकार्य परियोजना मार्फत सम्पादन भएका क्रियाकलापको जानकारी दिएको थियो ।
सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपालका अध्यक्ष खडकराज शर्माको अध्यक्षतामा सञ्चालन भएको सार्बजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका उप–संयोजक सशी सोव प्रमुख अतिथी रहनु भएको थियो ।
सामुदायिक बिकास मञ्चले स्वास्थ्य क्षेत्रमा मात्र नभई बिकास निर्माणका क्षेत्रमा पनि काम गर्ने राम्रो संस्थाको रुपमा बिकास भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
सार्बजनिक सुनुवाई कार्यक्रममा कार्यक्रम सञ्चालन भएको क्षेत्रका सरोकारवाला र जिल्ला स्थित सरोकारवालहरुको उपस्थिती रहेको थियो ।

Shaileshwori
Loading...