प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । आज संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्ने बैठकबाट पारित प्रस्तावमा भनिएको छ । सांसदहरुको भेलाले पर्सि नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

Sayalb

यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पटक, पटक छल, बेइमानी गरेको बताउनुभएको छ । आज बानेश्वरमा प्रचण्ड , माधव कुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा उहाँले प्रधानमन्त्रीमा कल्पनै गर्न नसकिने छलकपट भएको बताउनुभएको हो । संवैधानिक नियुक्ति विषयलाई लिएर प्रधानमन्त्रीले ढाँटेको प्रचण्डको भनाइ थियो । हिजो बिहान संसद भग्न हुने बारे आफूलाई जानकारी आएको बारे सोध्दा पनि त्यसबारे प्रधानमन्त्रीले केही नबताएको प्रचण्डको दाबी छ ।

प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संसदको अधिकारको अपहरण भएको समेत उहाँले बताउनुभयो । हुँदै नभएको अधिकार प्रयोग गरेर संसदलाई बली दिने काम भएको प्रचण्डले दाबी गर्नुभयो ।

Shaileshwori
Loading...