डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त
काठमाडौं : डाक्टर युवराज खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् । उनलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि राजदूत नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपतिले डा. खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।