प्रचण्ड–नेपाल पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान साढे ११ बजे बैठक बोलाइएको हो । पार्टीको अर्को केन्द्रीय कमिटी बैठक भने भोलिका लागि तोकिएको छ । हिजो बबरमहलस्थित एक सभाहलमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयनसमेत गरेको छ ।

Sayalb

यस्तै संसद् विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा जाने निर्णय पनि उक्त पक्षले गरेको छ । आन्दोलनका कार्यक्रम भोलि तय गरिने जनाइएइको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका कार्यकर्तालाई सशक्त रुपमा आन्दोलनमा लाग्न पनि आव्हान गर्नुभएको छन् । उता ओली पक्षले पनि बालुवाटारमा हिजो नै केन्द्रीय कमिटी बैठक गरेको थियो । बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या ११ सय ९९ बनाएको थियो ।

Shaileshwori
Loading...