जसपाको देशव्यापी आन्दोलन : आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने 

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले संसद विघटनविरुद्ध आजदेखि चरणबद्ध आन्दोलन गर्दैछ । हिजो बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आजदेखि पुस १२ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

Sayalb

आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरिएको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । जसपाले संसद अझै जीवित रहेको निश्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

जसपाले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई २०१७ साल पुस १ गते राजा महेन्द्रले संसद भंग गरेकै घटनाको पुनरावृत्ति भनेको छ । प्रधानमन्त्री ओलीले प्रतिगमनकारी, यथास्थितिवादी कित्ताको नेतृत्व गर्दै प्रतिनिधिसभा भंग गराएको भन्दै जसपाले संसद विघटनपछि देशमा प्रतिगमन र अग्रगमन आमनेसामने भएको निश्कर्ष समेत निकालेको छ ।

Shaileshwori
Loading...