प्रचण्ड पक्षले बुझायो निर्वाचन आयोगमा केन्द्रीय सदस्यको हस्ताक्षर सहित पार्टीको निर्णय

काठमाडौं : पुष्प कमल दाहाल प्रचण्ड र माधब कुमार नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित पार्टीको निर्णय बुझाएका छन् । ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन् । आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन् ।

Sayalb

पार्टीको निर्णय बुझाएर बाहिरिँदै नेता पाण्डेले सूर्य चिन्ह र पार्टीको नाम नेकपा आफूहरूको हुने दाबी गर्नुभयो । हामीसँग ७० प्रतिशत मत छ, घर छाडेर जानेले घर पाउँछ र ? अर्को बनाउनुपर्छ,’ पाण्डेले भन्नुभयो । सूर्य चिन्हमा कसैले दाबी गर्न नपाउने पनि नेता पाण्डेले बताउनुभयो । २ तिहाइ भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको प्रचण्ड पक्षिय नेताहरुले दाबी गरेका छन् ।

अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा आफ्नो पक्षमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य रहेको उनीहरुको दाबी छ । ओली समूहले हिजो नै पार्टी केन्द्रीय समिति बिस्तार सम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराइसकेको छ ।

Shaileshwori
Loading...