प्रतिनिधिसभा विघटन विरूद्ध परेका सबै मुद्दा संवैधानिक इजलासमा 

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन विरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउनुभएको छ । प्रतिनिधि सभा विघटन विरूद्ध परेका १२ रिटको आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको रिट निवेदक अधिवक्ता लोकेन्द्र वलीले जानकारी दिनुभयो ।

Sayalb

उहाँका अनुसार प्रधानन्यायाधीश राणाले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउनु पर्ने बताउनुभएको थियो । संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुनेछ । संसद विघटनविरूद्ध संवैधानिक इजलासमा पनि एउटा रिट परेको छ ।

संवैधानिक विवादहरू नियमित र संवैधानिक इजलास दुबैमा दर्ता गर्न पाइने व्यवस्था छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित पाँच जना न्यायाधीश हुन्छन् ।

Shaileshwori
Loading...