प्रतिनिधि सभा पुनस्र्थापित हुने प्रचण्डको भनाइ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधि सभा पुनस्र्थापित गरेर सरकार बनाउने बताउनुभएको छ । बानेश्वरमा आज दिउँसो बसेको सो समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो ।

सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनस्र्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रचण्ड , नेपाल समूहको संसदीय दलको बैठकमा ११७ जना सांसद उपस्थित थिए ।
राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९३ जना सांसद आजको बैठकमा सहभागी थिए । नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन् ।
