किसानको पैसा मात्र होइन, मुद्दा पनि हरायो

 निरन्तर बढिरहेको चिसोले कतिपय किसान बिरामी पनि भइरहेका छन् । तर, संसद् विघटन गर्ने सरकारको पछिल्लो कदमले किसानको पैसा मात्रै होइन, मुद्दा पनि ओझेलमा परेको छ । उखुको ९० करोड बक्यौता रकम उठाउन मध्यपुसको चिसोमा किसान ११ दिनदेखि राजधानीका सडकमा आन्दोलनरत छन्

Sayalb

आन्दोलनका लागि काठमाडौं आएका किसान गौशालास्थित धर्मशालामा बसेका छन् । बिहान ११ बजे उनीहरू माइतीघर चोकमा पुग्छन्, उखु बेचेको रकम उठाइदिन माग गर्दै दिनभरि चिसो सडकमा धर्ना दिन्छन् । र, साँझ धर्मशालामै फर्किन्छन् । सर्लाही, रौतहट, कपिलवस्तु, नवलपरासी, बारालगायतका जिल्लाबाट आएका किसानको पछिल्लो ११ दिनदेखिको दैनिकी हो यो । बुधबार उनीहरूले उखुको लाँक्रा र हलो–जुवा प्रदर्शन गर्दै विरोध जनाए ।

सरकारले भने उनीहरूप्रति चासो दिन छाडेको छ । पछिल्लोपटक आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगहरूले भुक्तानी दिने क्रम सुरु भएकाले आन्दोलन स्थगित गर्न किसानलाई आग्रह गरेका थिए । तर, किसानले पूरै भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।

Shaileshwori
Loading...