जिल्ला समन्वय समिति डोटीका संयोजक द्वारा सामुदायि विकास परियाेजनाका कार्यक्रमको अनुगमन
डोटी : पुर्विचौकी गाउँमालिकामा निर्माण भईरहेका दुई बालविकास भवनको सामुहिक निरिक्षण गरिएको छ । बिहिवार जिल्ला समन्वय समितिका डोटीका प्रमुख राम बहादुर ऐर, पुर्विचौकी गाउँपालिका उपाध्यक्ष निर्मला देवि साउद, पुर्विचौकी शिक्षा शाखा प्रमुख विनोद भट्ट, सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशी, गुड नेभर्स डोटीका संंयोजक रन्जित चौधरी, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर खड्का, गैर सरकारी संस्था डोटीका अध्यक्ष रघु कठायत लगाएका १३ जनाको समुहले गाउँपालिकाको वडा नम्बर ५ काडामाण्डौंमा रहेको मालिका आधारभुत विद्यालय र पुर्विचौकी गाउँपालिकाको वडा नम्बर ७ गजडाको भवानी आधारभुत विद्यालयमा निर्माण भैरहेका बालविकास भवनको निरिक्षण गरिएको हो ।
भवन निरिक्षणका क्रममा समन्वय समितिका प्रमुख ऐरले विदेशी लगानी भित्र्याएर शिक्षा क्षेत्रमा लगानी गर्ने सामुदायिक विकास केन्द्र एक मात्र संस्था भएको बताए । यत्रो ठुलो लगानीमा निर्माण भैरहेका बालविकास भवनको सहि सदुपयोग गर्न विद्यालयलाई संयोजक ऐरले आग्रह गरेका छन् ।
भौतिक संरचना मात्र बनाएर केही नहुने भएकाले बालबालिकालाई विद्यालयले बाल मैत्रि विधिबाट गुणस्तरीय शिक्षा दिनु पर्नेमा सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेम राज जोशीले जोड दिएका थिए ।
पुर्विचौकी शिक्षा शाखाका प्रमुख विनोद भट्टले अनुगमनको पाटो बलियो बनाउनु पर्ने बताए । काडामाण्डौंमा रहेको मालिका आधारभुत विद्यालय अनुगमनका क्रममा विद्यालयमा भएका फर्निचर, कुर्सी, बेन्च, डेस्क लागाएतका साम्रागीको विद्यालय र विद्यालय व्यवस्थापन समितिले त्यस्तो ध्यान नदिएको पाएकाले अनुगमनको पाटो बलियो बनाउनु पर्ने उनले बताए ।
मालिका आधारभुत विद्यालयमा निर्माण भइरहेको दुई कोठे भवनमा रु १० लाख गाउँपालिकाको र रु २५ लाख सामुदायिक विकास परियोजनाको गरि जम्मा रु ३५ लाख र गजडाको भवानी आधारभुत विद्यालयमा निर्माण भैरहेको बालविकास भवनमा सामुदायिक विकास परियोजनाको रु ९ लाख ६८ हजार, गाउँपालिकाको रु ७ लाख र समुदायको रु एक लाख ६१ हजार १ सय ३९ सहित जम्मा रु १८ लाख २९ हजार १ सय ४० रहेको सामुदायिक विकास केन्द्र डोटीका शिक्षा विकास अधिकृत एकराज बडुले बताए ।
सामुदायिक विकास केन्द्र डोटीले शिक्षा, स्वास्थ्य, सामाजिक लगाएका बिभिन्न क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।