राष्ट्रिय सभा बैठक पुस १७ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको हो ।

Sayalb

नवनियुक्त मन्त्रीहरुसहित बसेको बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको नवनियुक्त श्रममन्त्री गौरीशंकर चौधरीले जानकारी दिए । संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अधिवेशन आह्वान भइसक्नुपर्छ । ६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरिससकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले राष्ट्रिय सभाको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

Shaileshwori
Loading...